ए डिभिजन लिगः उद्घाटन खेलमा आर्मी र एनआरटी भिड्ने

डिसी नेपाल
४ असोज २०७५ ३:३६

२०७० सालपछि पहिलोपटक यही असोज १३ गतेबाट सुरु हुन लागेको शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेलमा विभागीय त्रिभुवन आर्मी क्लब र न्युरोड टिम (एनआरटी) बीच उद्घाटन खेल हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको लिग कमिटिले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा आर्मीले एनआरटीसँग खेल्नुपर्ने भएको हो।

खेल एन्फा कम्पलेक्स सातदोबाटोमा दिउसो तीन बजेपछि शुरु हुनेछ। लिग कमिटिले ‘ए’ डिभिजन लिगमा सहभागी सबै १४ टिमलाई एक सिडमा राखेर खेल तालिका सार्वजनिक गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *