श्रीलङ्कामा चारदिने कर्फ्यू घोषणा

डिसी नेपाल
७ चैत २०७६ २०:५८

कोलम्बो । श्रीलङ्कामा शुक्रबारदेखि सोमबारसम्मका लागि चारदिने कफ्र्यूको घोषणा गरिएको छ । राष्ट्रपति गोटावाया राजापाक्षेले शुक्रबार घोषणा गरेअनुसार शुक्रबार बेलुका ६ बजेदेखि नै कफ्र्यू लागू भएको छ ।

कफ्र्यू आगामी सोमबार बिहान ६ बजेसम्म जारी रहने राष्ट्रपतिको घोषणामा उल्लेख गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएकाले थप फैलिन नदिने उद्देश्यले कफ्र्यू घोषणा गरिएको अधिकारीहरूले बताएका छन् ।

श्रीलङ्कामा शुक्रबारसम्ममा ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको अधिकारीहरूले पुष्टि गरेका छन् । राष्ट्रपति राजापाक्षेले कोरोना नियन्त्रण गर्न दुई हप्ताका लागि अन्तरराष्ट्रिय हवाई सेवा पनि बन्द गरिएको घोषणा गरेका छन् । उनको घोषणासँगै श्रीलङ्का आउने विमान सेवा अवरुद्ध भएको छ भने विद्यालय तथा विश्वविद्यालयहरूमा बिदा दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.