निर्भयाः मर्नुअघि दोषीहरुको सोच कस्तो थियो ? फाँसी दिने जल्लादको आश्चर्यजनक खुलासा

डिसी नेपाल
८ चैत २०७६ १५:०२

नयाँ दिल्ली। ७ वर्षको प्रतिक्षापछि अन्ततः दिल्लीको बहुचर्चित काण्डकी पीडित निर्भयाले न्याय पाएकी छिन् । निर्भयाका चारै जना दोषीहरुलाई शुक्रबार बिहान साढे ५ बजे फाँसी दिइयो । पूरै देशले यो बिहानीलाई ‘न्यायको बिहानी’ भनेको थियो । निर्भयाका चारैजना दोषीहरुलाई फाँसीमा झुण्ड्याउने जल्लादले त्यो बिहानको अनुभव सुनाएका छन् ।

दोषीहरुलाई फाँसी दिने जल्लाद पवनका अनुसार फाँसी घरमा कसैलाई बोल्ने अनुमति हुँदैनथ्यो । यही कारण फाँसीको पूरै प्रक्रिया इशारामा भएको थियो । उनले मिडियासँग कुरा गर्दै चारै जनालाई फाँसीमा झुण्ड्याएर आफूले आफ्नो धर्म निर्वाह गरेको बताएका छन् । यो उनको पुर्ख्यौली काम पनि हो । पवनका अनुसार फाँसी हुनुभन्दा पहिले अपराधीलाई पश्चात्ताप हुनुपर्ने थियो तर यी ४ दोषीहरुलाई पटक्कै पश्चात्ताप थिएन ।

पवन १७ मार्चमा दिन तिहाड जेल पुगेका थिए । त्यसपछि उनले डमी ट्रायल गरे । डमी ट्रायलभन्दा पहिले उनले डोरीहरुलाई दही र नौनीले मुलायम बनाएका थिए । फाँसी दिने दिन बिहान चारै जनालाई हात बाँधेर फाँसी घरसम्म लगियो । पहिले अक्षय र मुकेशलाई तख्तामा लगियो त्यसपछि पवन र विनयलाई लगियो । उनीहरुको घाँटीमा फन्दा लगाइयो र अनुहार कालो कपडाले ढाकियो । समयअनुसार जेल अधिकारीको इशारापछि उनले चारै जनालाई फाँसीमा झुण्ड्याएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.