फिनल्याण्डमा कोरोना सङ्क्रमणका कारण पहिलो व्यक्तिको मृत्यु

डिसी नेपाल
८ चैत २०७६ २१:५६

हेलसिन्की । फिनल्याण्डले शनिबार कोरोना भाइरस सङ्क्रमणका कारण एक व्यक्तिको मृत्यु भएको जानकारी गराएकोे छ ।

फिनल्याण्ड सरकारले यूरोपेली यस मुलुकमा कोरोना भाइरसको सङ्क्रमण ५२१ जनामा सङ्क्रमण भएको भएपनि यसका कारण फिनल्याण्ड मृत्यु भएको यो नै पहिलो घटना भएको भन्दै देश कोरोना भाइरस सङ्क्रमणको थप गम्भीर अवस्थामा पुगेको बताएको छ ।

फिनिस इन्स्टिच्युट फर हेल्थ एन्ड वेलफेयरले मृत्युको पुष्टि गरेको छ तर मृतकका बिषयमा विस्तृत विवरण भने दिएको छैन । मृतक हेल्सिन्कीमा बस्ने एक वृद्ध व्यक्ति रहेको र उनको शुक्रबार उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

फिनल्याण्डका प्रधानमन्त्री साना मरिनले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम बढेपछि राज्यमा स्वास्थ्य सङ्कटकालको घोषणा गरेकी थिईन् । जसअन्तर्गत सरकारले ठूलो सङ्ख्यामा भेला हुन वा सभा सम्मेलन गर्न निषेध गरेको थियो ।

सोमबारको सरकारी निर्णय अनुसार सङ्क्रमणलाई नियनत्रण तथा रोकथामका लागि फिनल्याण्डमा १० जनाभन्दा बढी व्यक्तिलाई भेला हुन रोक लगाइएको छ भने देशभर विद्यालयहरू बन्द गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *