ट्रम्पले किमलाई व्यक्तिगत रुपमा पत्र पठाए, किमले दिए यस्तो जवाफ
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्र लेख्दै कोरोनाभाइरससँग लड्नका लागि उत्तर कोरियालाई सहयोग गर्न आफू इच्छुक भएको बताएका छन् । यो कुराको पुष्टि किमकी बहिनीले आइतबार गरेकी छन् ।
उत्तर कोरियाली नेता किम जोङ उनले पनि राष्ट्रपति ट्रम्पको पत्रलाई सही समयमा गरिएको सही काम भएको टिप्पणी गर्दै पत्रप्रति कृतज्ञता ज्ञापन गरेको किमकी बहिनी किम यो जोङले जनाएकी छिन् । उत्तर कोरियाले २ दिनअघि सामरिक हतियार परीक्षण गरेको थियो । विश्वजगत् नै कोरोनाविरुद्धको लडाईं लडिरहेका बखत उसको हतियार परीक्षणलाई लिएर सर्वत्र आलोचना भएको छ ।
कोरियन सेन्ट्रल न्युज एजेन्सीले किमकी बहिनी र सत्तारुढ पार्टीका वरिष्ठ अधिकारी किम यो जोङलाई उद्धृत गर्दै ट्रम्पको पत्रको सराहना गरिएको छ । दुई देशबीच सम्बन्ध सुमधुर बन्न खोज्दै र बिग्रँदै आइरहेको समयमा पत्रका कारण ट्रम्प–किम सम्बन्ध सुध्रिने अपेक्षासमेत गरिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment