ट्रम्पले किमलाई व्यक्तिगत रुपमा पत्र पठाए, किमले दिए यस्तो जवाफ

डिसी नेपाल
१० चैत २०७६ ८:५३

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्र लेख्दै कोरोनाभाइरससँग लड्नका लागि उत्तर कोरियालाई सहयोग गर्न आफू इच्छुक भएको बताएका छन् । यो कुराको पुष्टि किमकी बहिनीले आइतबार गरेकी छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनले पनि राष्ट्रपति ट्रम्पको पत्रलाई सही समयमा गरिएको सही काम भएको टिप्पणी गर्दै पत्रप्रति कृतज्ञता ज्ञापन गरेको किमकी बहिनी किम यो जोङले जनाएकी छिन् । उत्तर कोरियाले २ दिनअघि सामरिक हतियार परीक्षण गरेको थियो । विश्वजगत् नै कोरोनाविरुद्धको लडाईं लडिरहेका बखत उसको हतियार परीक्षणलाई लिएर सर्वत्र आलोचना भएको छ ।

कोरियन सेन्ट्रल न्युज एजेन्सीले किमकी बहिनी र सत्तारुढ पार्टीका वरिष्ठ अधिकारी किम यो जोङलाई उद्धृत गर्दै ट्रम्पको पत्रको सराहना गरिएको छ । दुई देशबीच सम्बन्ध सुमधुर बन्न खोज्दै र बिग्रँदै आइरहेको समयमा पत्रका कारण ट्रम्प–किम सम्बन्ध सुध्रिने अपेक्षासमेत गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.