जर्मनीमा एक नेपाली परिवारै कोरोनाबाट संक्रमित
जर्मनी । जर्मनीको राइनल्याण्डस्थित एक सहरमा बसोबास गर्ने नेपाली परिवारमा कोरोना संक्रमित भएको पुष्टि भएको छ।
विगत दश वर्षदेखि जर्मनीमा बसोबास गरिरहेका सो नेपाली परिवारका सदस्यहरुलाई कोरोना संक्रमणको पुष्टि भएको हो। दुई सन्तानसहित आमाबाबु गरेर ४ जनाको परिवारमा कोरोनाको पुष्टि भएपछि अहिले सो परिवार घरमै क्वारेन्टाईनमा रहेकाे छ।
संक्रमितहरुको उमेर समूह आमाबाबुको अन्दाजी ४०-४५ र सन्तानहरुको १० -१२ बर्ष रहेको छ। सुरुका ३ दिनपछि स्वास्थ्यमा निकै समस्या भएको तर अहिले १० दिन कटिसकेकाले स्वास्थ्यमा सुधार भएको बताएका छ।
उनीहरुले आफूहरु निको हुँदै गएको र चिन्ता नगर्न सबै नेपाली समुदायमा आग्रह समेत गरेका छन्।
No ads found for this position
Facebook Comment
प्रतिक्रिया

डिसी नेपाल
Get well soon