लण्डनबाट आफू संक्रमित भएको घोषणा गरेकी नेपाली महिला स्वस्थ भएर घर फर्किइन्

डिसी नेपाल
१२ चैत २०७६ १२:५०

काठमाडौं। बेलायतको लण्डनमा बसोबास गर्दै आएकी एक नेपाली महिलाले केही दिनअघि सामाजिक संजाल फेसबुकमार्फत आफू कोरोनाभाइरस संक्रमित भएको र उपचार गराइरहेको जानकारी दिएकी थिइन् । अहिले ती महिला कोरोनाभाइरसमाथि विजय प्राप्त गर्दै स्वस्थ भएर घर फर्किएकी छिन् । लण्डनबाट रामशरण सिम्खडाले फेसबुकमा एक पोस्ट गर्दै भगवती रानाभाट स्वस्थ भएर घर फर्किएको उल्लेख गरेका छन् । उनी लण्डनको नर्थवीक पार्क हस्पिटलमा भर्ना भएकी थिइन् ।

सिम्खडाले फेसबुकमा लेखेका छन् ‘खुसीको खबरः कोरोना भाइरस (कोभिड १९) लाई जित्नु हुँदै स्वास्थ्य सुधार भएकोले भगवती रानाभाटज्यू भर्खरै लण्डनको नर्थविक पार्क हस्पिटलबाट डिस्चार्ज हुनु भएको छ । बधाई तथा पूर्ण शीघ्र स्वास्थको कामना । यस्तो दुखद घडीमा समेत राजनीति गर्ने र एनआरएन जस्तो संस्थालाई धमिल्याउन खोज्नु दुखद पक्ष हो । मित्र डा. मीन रानाभाट र सपरिवार सुरक्षित र स्वस्थ हुनुहुन्छ । सबै सचेत हौ तर आतंकित नहौ नबनाऔ । कोरोनासँग डराउने हैन, हराउने हो ।’

यसअघि आफूलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि गर्दै रानाभाटले फेसबुकमा सबैलाई सचेत बन्न आग्रह गरेकी थिइन् । उनले यो संक्रमण अत्यन्तै पीडादायी हुने उल्लेख गर्दै १३ दिनसम्म पनि अत्यन्तै पीडा भइरहेको बताएकी थिइन् । उनले अरु सबै सचेत बनुन् र यो पीडा अरुले भोग्नु नपरोस् भन्ने उद्देश्यले आफूले नै यो जानकारी शेयर गरेको बताएकी थिइन् । उनी नेपालको लमजुङ तारकुघाटकी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *