लकडाउनआदेश उल्लङ्घन गर्ने १ हजार ६३ सवारीसाधन नियन्त्रणमा

डिसी नेपाल
१२ चैत २०७६ १९:१०

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनआदेश उल्लङ्घन गर्ने १ हजार ६३ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट बुधबार ६ बजेसम्म ती सवारी साधान नियन्त्रणमा लिएको हो ।

अटेर गरी सवारीसाधन सञ्चालन गरेका कारण नियन्त्रणमा लिनुपरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए । नियन्त्रणमा लिएकेमध्ये दुईपाङ्ग्रे ९ सय २९ र चारपाङ्ग्रे १ सय ३४ रहेका महाशाखाले जनाएको छ ।

घरबाट अनावश्यकरूपमा निस्केका सर्वसाधारणलाई सम्झाई बुझाई घरतर्फ नै फर्काइएको उनले उल्लेख गरे । अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको श्रेष्ठले दिए । प्रहरीले मङ्गलबार मुलुकका विभिन्न ठाउँबाट एक हजारभन्दा बढी सवारीसाधन नियन्त्रणमा लिएको थियो । सरकारले कोरोना भाइरस फैलिन नदिन मङ्गलबारदेखि ‘लकडाउन’ गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *