टोकियोमा आजबाट एकहप्ता अस्पताल वा खाध्यान्नको लागिमात्र निक्लन सूचित

डिसी नेपाल
१५ चैत २०७६ ११:०९
4
Shares

 टोकियो, जापान । अमेरिका सहित युरोपियन देशहरुमा बुलेट ट्रेनको गतिमा फैलिरहेको कोभिड १९ लेजापानमा लोकल ट्रेनको गति समाउन थालेको छ ।

राजधानी टोकियोमा ४० सहित एकैदिन जापानमा १ सयजना बढी कोरोना संक्रमितभेटिएका छन् ।

जापानमा एकैदिन संक्रमितको संख्या १ सय नाघ्दा टोकियोमा संक्रमणले लगातारतिनदिन ४० कटाएको छ ।

यो संगै टोकियोमा मात्र संक्रमितको संख्या ३ सय नाघेको छ ।

टोकियोकै गति समाउदै अन्य प्रिफेक्चरहरुमा समेत संक्रमण बढ्दो क्रममा रहेकोतथ्यांकले देखाएको छ ।

बुधवारनै संक्रमण बढ्दो पाएपछी आकस्मिक पत्रकार सम्मेलन गरेकी टोकियोकी गभर्नरकोइकेले बिहीवार प्रधानमन्त्रि आबेलाइ भेटेकी थिइन् । कोरोनाको गतिसंगै सक्रियताबढाएकि कोइकेले छिमेकका प्रिफेक्चरहरुसँग समेत सहकार्य बढाएकि छिन् ।

यही गतिलाई तिब्रता दिदै टोकियो गभर्नर कोइकेले शुक्रबार राती फेरी पत्रकार सम्मेलनडाकेर नयाँ अनुरोधात्मक सूचना जारी गरेकी छिन् ।

अत्यावस्यक बाहेक घर बाहिर ननिस्कन गरेको अनुरोध अटेरी गरेपछी कोइकेलेटोकियोवासिलाई किटानी गरेरै अस्पताल वा खाध्यान्न बाहेक घर बाहिर ननिस्कन बिशेषअनुरोध गरेकी हुन ।

कोरोनाको जोखिम रहेको अवस्थामा समेत साकुराका पार्कमा भिड लाग्ने, बजारमाअनावश्यक घुम्न हिंड्ने र होटल रेस्टुरेन्टमा जमघट उस्तै रहेको प्रती कोइकेले असन्तुस्टीपोखेकी छिन् ।

आज अर्थात मार्च २८ बाट अप्रिल ३ तारिख सम्म उपचार र खाध्यान्नको लागि बाहेक घरबाहिर ननिस्कन सचेत गराउदै टोकियो महानगर गभर्नर कोइकेले भनेकी छिन्-‘अहिलेकोरोना भाईरस फैलने क्रम बिस्फोट हुने अवस्थामा पुगेको छ, त्यसैले एक हप्ता गरमैबस्नुस् साकुरा अर्को बर्ष पनि फुल्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *