सिड्नीमा ४ नेपाली कोरोना संक्रमित भएको पुष्टि

डिसी नेपाल
१५ चैत २०७६ १२:४३

अस्ट्रेलिया । अस्ट्रेलियाको राजधानी सिड्‌नीमा रहेका ४ जना नेपाली कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका छन् ।

अस्ट्रेलियामा पढ्न आएका ४ जना नेपाली विद्यार्थी कोरोना भाइरसबाट संक्रमित भएको नेपाली तूतावासले पुष्टि गरेको छ । दूतावासले संक्रमित सबै नेपाली युवतीहरु भएको र उनीहरु सेल्फ क्वारेन्टनाइनमा रहेको जनाएको छ ।

सिड्‌नीको ग्रान्भिलमा एउटै कोठामा बस्ने ४ जनामध्ये एकलाई केही दिन पहिले संक्रमणको लक्षण देखिएको थियो भने अन्य २ जनाको पनि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको बताईएको छ। एक जना युवतीको भने कोरोना रिर्पोट नेगेटिभ आएको छ ।

यस्तै सिड्नीमै बस्ने अर्की एक नेपाली विद्यार्थीमा समेत भाइरसको संक्रमण देखिएको छ । हाल उनको स्वास्थ्य सामान्य रहेको दूतावासले जनाएको छ।

यसअघि सिड्नीमै एक नेपाली विद्यार्थी कोरोनाबाट संक्रमित भएपनि उनी अहिले पूर्ण स्वस्थ भएर घर फर्किसकेका छन्।

यसैबीच नेपाली दूतावास अस्ट्रेलियाले संक्रमणबाट बच्नका लागि उच्च सतर्कता अपनाउन नेपाली विद्यार्थीलाई आग्रह समेत गरेको छ।

शनिबार दिउँसोसम्म अस्ट्रेलियामा ३ हजार ५ सय ७३ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये हालसम्म १४ जना मानिसले ज्यान गुमाएका छन् । अस्ट्रेलियाका संक्रमित मध्ये २३ जना संक्रमितको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *