पूर्वमन्त्री खड्काद्वारा कोरोना नियन्त्रण कोषलाई पाँच लाख सहयोग

डिसी नेपाल
१७ चैत २०७६ २२:१२

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्वखानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा ५ लाख आर्थिक सहयोग गरेका छन् ।

विसं २०७० मा सङ्खुवासभा क्षेत्र नं २ बाट निर्वाचित सांसदसमेत रहेका खड्काले राष्ट्रिय विपत्तिको घडीमा सरकारलाई थोरै भए पनि सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरेका हुन् । पूर्वमन्त्री खड्काले विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड–१९ का कारण कसैले पनि खान र उपचार नपाएर मर्न नपरोस् भन्ने उद्देश्यले आफूले सरकारी कोषमा रकम सहयोग गरेको जानकारी दिए ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ रोगको सङ्क्रमणलाई फैलन नदिन तथा रोकथाम एवं नियन्त्रणका लागि नेपाल सरकारले राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखाको खाता नम्बर १९६०००००११०१ मा उपचार कोष स्थापना गर्दै रकम जम्मा गर्न अपिल गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *