किभमा रुसको भीषण मिसाइल आक्रमण: दुई जनाको मृत्यु, २२ घाइते

डिसी नेपाल
२० साउन २०८३ ११:५२

काठमाडौं । युक्रेनको राजधानी किभमा रुसले मिसाइल आक्रमण गरेको छ। यस आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन्।

युक्रेनी अधिकारीहरूले यस घटनाको पुष्टि गरेका हुन्। युक्रेनको सैन्य प्रशासनका प्रमुख तैमुर तकाचेन्कोले भने, “शत्रुले पुनः एकपटक किभमाथि भीषण आक्रमण गरिरहेको छ।”

मङ्गलवार अबेर राति भएको यो आक्रमणका क्रममा घण्टौँसम्म खतराको सायरन बजिरहेको थियो। सहरभित्र र वरपरका बाहिरी इलाकाहरूमा कैयौँ मिसाइलहरू खसेका थिए।

किभ सहरका अधिकारीहरूका अनुसार आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ। त्यस्तै, क्षेत्रीय अधिकारीहरूले ‘बुचा’ मा पनि अर्का एक व्यक्तिको ज्यान गएको जनाएका छन्। अधिकारीहरूका अनुसार यस आक्रमणमा कम्तीमा २२ जना घाइते भएका छन्।

युक्रेनी सेनाले रुसले जानाजानी सर्वसाधारण र आवासीय क्षेत्रहरूलाई निशाना बनाएको आरोप लगाएको छ।

यद्यपि, यस आक्रमणका सम्बन्धमा रुसका तर्फबाट भने अहिलेसम्म कुनै आधिकारिक टिप्पणी वा बयान सार्वजनिक गरिएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *