अमेरिका, युरोपसहित ४९ देशबाट जापान प्रवेशमा प्रतिबन्ध

डिसी नेपाल
१८ चैत २०७६ ११:०१

टोकियो। कोरोना भाइरस संक्रमण जोखिममा रहेका अमेरिका, युरोपेली देश, दक्षिण कोरिया, चीनसहित ४८ देशका नागरिकलाई जापान प्रवेशमा प्रतिबन्ध लगाइएकाे छ ।

जापान सरकारले यी  देशबाट आउने सबै नागरिकलाई मंगलबारबाट जापान प्रवेशमा प्रतिबन्धको घोषणा गरेको हो ।

जापान प्रवेशमा प्रतिबन्धसँगै जापानी नागरिकहरुलाई समेत यी देश भ्रमण नगर्न समेत जापानले सूचना जारी गरेको छ ।

जापानको विदेश मन्त्रालयले जारी गरेको सूचना अनुसार मंगलबार थप गरिएका ४८ देशसहित जापानद्धारा भ्रमणमा नजान सूचित गरिएको देशको संख्या ७३ पुगेको छ ।

जापानका बिदेश मामला मन्त्री तोशिमिचु मोतेगीले कोरोना संक्रमणको खतरा स्तर तीनलेभलमा पुगेका अमेरिका, अधिकाशं युरोपेली देशहरु, चिन र दक्षिण कोरियाकानागरिकलाई जापान प्रवेशमा प्रतिबन्ध जारी गरेको बताएका छन् ।

जापानले छिट्टै दुई सातायता अमेरिकासहित अधिकाशं युरोपेली देश, चिन, दक्षिणकोरिया लगायतका देश भ्रमण गरेका प्रतिबन्ध नगरिएका देशका नागरिकलाई समेत भ्रमण रोक्ने तयारी गरेको छ ।

हाललाई ति मुलुकहरु भ्रमण गरेका अन्य देशका नागरिकले समेत अनिवार्य रुपमा १४दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू छ ।

प्रतिवन्धित देशबाट फर्कने जापानी नागरिकहरुले समेत अनिवार्य १४ दिन सेल्फक्वारेन्टाईनको नियम पालना गर्नुपर्नेछ ।

खतराको उच्च स्तर मानिने ४ मध्ये जापानले अमेरिका सहित अधिकाशं युरोपेली देश, चिन, दक्षिण कोरिया, बेलायत लगायतका देशलाई खतराको तेस्रो सूचिमा राखेको छ ।

जापानले आफ्ना नागरिकलाई समेत प्रतिवन्धित देश भ्रमण नगर्न सचेत गराउँदै तय गरिएको भ्रमण रद्द गर्न सूचित गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *