२० जना युवती लिएर जर्मनी भागे थाइल्याण्डका राजा

डिसी नेपाल
१८ चैत २०७६ ११:१०
8
Shares

काठमाण्डौ । थाइल्याण्डका राजा महावाजिरालोङकर्न उर्फ राम दशम २० जना युवती लिएर जर्मनी भागेका छन् । राजाले जर्मनीको एक विलासी होटललाई आफ्नो बासस्थान बनाएका छन् । मिडियाहरुमा बाहिरिएको खबर अनुसार उनी कोरोनाबाट बच्न र यस्तो बेलामा समेत मोजमस्तीमा मस्त हुन जनतालाई छाडेर जर्मनी भागेका हुन् । होटलभित्र रहेको उनको मिनी राज्यमा उनैले साथै लगेका २० महिला समेत रहेका मिडिया रिपोर्टमा दाबी गरिएको छ ।

योसँगै राजा महाले आफूसँगै ठूलो संख्यामा नोकरचाकरहरुलाई समेत लगेका छन् । थाइल्याण्डका यी राजाले कोरोना संकट गहिरिँदै गएपछि आफ्ना सेवकसँगै जर्मनीको अल्पाइन रिसोर्टस्थित एक लग्जरी होटलमा आफूलाई आइसोलेट गरेका समाचारमा बताइएको छ । उनले होटल ग्राण्ड सोन्नेबिचलको पूरा बुक गरेका छन् । यति मात्र होइन, उनले यसका लागि त्यहाँको डिस्ट्रिक काउन्सिलबाट विशेष अनुमति समेत लिएका छन् । राजा महा सन् २०१६ मा उनका पिताको निधनपछिदेखि थाइल्याण्डको राजगद्दीमा छन् ।

थाइल्याण्डका यी राजाले आफ्नो राजतिलकभन्दा ठीक अघि आफ्नै बडीगार्ड सुथिदा तिदजईसँग विवाह गरेका थिए । उनलाई बौद्ध र ब्राह्मण समारोहका बीच आधिकारिक रुपमा राजाको ताज पहिराउने काम भएको थियो । उनले यसअघि ३ विवाह गरिसकेका छन् र ७ बालबच्चा भइसकेका छन् । उनले आफ्ना तीनै पूर्व पत्नीहरुसँग डिभोर्स पनि गरिसकेका छन् । थाइल्याण्डकी नयाँ रानी सुथिदा राजाको सेक्युरिटी युनिटको कमाण्डर थिइन् । राजासँग उनको लामो समयदेखिको अफेयर थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.