दुर्गमका स्वास्थ्यकर्मीले अझै पाएनन् पिपिई सेट

डिसी नेपाल
१८ चैत २०७६ १२:२६

मुगु। कोरोना भाइरसको सामना गर्न मुलुकमा लकडाउन घोषणा भएको दोस्रो हप्ता भइसक्दासमेत दुर्गम क्षेत्रका स्वास्थ्यकर्मीले आफ्नो सुरक्षका लागि प्रयोग गरिने विश्व स्वास्थ्य संगठनबाट मानयताप्राप्त सामाग्री (पिपिई) पाउन सकेका छैनन्।

अहिलेसम्म मुगु जिल्लामा कोरोना भाइरसको संक्रमण फेला परेका छैनन्। यद्यपी पूर्व तयारी स्वरुप जिल्लामा चार वटा स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था मिलाएका छन्।

जिल्लामा हालसम्म १६७ क्वारेन्टाइन वेड स्थानीय तहले तयारी अवस्थामा राखेका छन्। कसैमा कोरोना संक्रमण देखिए जिल्ला अस्पताल मुगुमा सात वेडको आइसुलेशन तयार पारिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं कमाण्ड पोष्टका सदस्य सचिव केशव ज्ञवालीका अनुसार छायाँनाथ रारा नगरपालिकाले महाकाली माध्यामिक विद्यालयमा २१, जिल्ला अस्पातालले ३५, खत्याड गाँउपालिकाले झुगलामा ३५, सोरु गाँउपालिकाले तारापानीमा १० र मुगुमकार्मारोङ गाँउपालिकाले छाइल विद्यालय ३० र रिउस बगरमा रहेको सामुदायिक अस्पतालमा ३० वेड क्वारेनटाइनका तयारी अवस्थामा राखेका छन्।

जिल्लामा जिल्ला अस्पताल बाहेक कतै अन्यत्र आइसुलेसनको तयारी भएको छैन। जिल्ला अस्पतालमा भने ७ वेडको आइसुलेसन तयारी अवस्थामा रहेको तथा स्थानीयतहले आ–आफनो पायक पर्ने स्थानमा आइसुलेसन वेड निमार्ण गर्ने तयारी गरिरहेको सप्रजिअ ज्ञवालीले बताए।

उनका अनुसार हाल खत्याडमा ३ जना र तारापानीमा २ जनाभारतबाट आएका नेपालीहरु क्वारेन्टाइनमा बसेका छन्। भारतबाट आएका अन्य स्थानीयको खोजी भइरहेको र यकीन गरी उनीहरुलाई पनि १४ दिन सम्म क्वारेन्टाइनमा राखिने बताइएको छ। अहिले स्थानीयले आफना क्षेत्रमा भारतबाट आएकाको खोजी र तत्थ्यांक संकलन गर्ने कार्य गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *