सीमामा अलपत्र परेका नेपालीको उद्धार गर्न आग्रह
काठमाडौं । नेपाली काँग्रेसको तरुण विभागले सीमामा अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । विभाग प्रमुख शङ्कर भण्डारीले बुधबार एक विज्ञप्ती जारी गरी विश्वभर रहेका नेपालीको सुरक्षाका लागि सरकार जिम्मेवार बन्नुपर्ने बताए।
“नेपालको संविधानको मौलिक हकअन्र्तगत धारा ४५ मा देश निकाला विरुद्धको हक सुनिश्चित गरेको हुँदा सरकारले सबै नागरिकलाई समान व्यवहार गर्दै सीमामा अलपत्र परेका नेपालीको उद्धारमा जुट्न आग्रह गर्दछु”, विज्ञप्तिमा भनिएको छ ।
संविधानको धारा १६ मा प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाच्न पाउने हक र धारा ५२ ले राज्यले नागरिकप्रति निर्वाह गर्नुपर्ने दायित्व तोकेको भन्दै उनले संविधानबाट प्रत्याभूत अधिकारलाई कुण्ठित गर्ने गरी नागरिकलाई देश पस्न नदिनु, अवरोध खडा गर्नु अत्यन्त दुःखद् विषय भएको उल्लेख गरे।
पार्टीका केन्द्रीय सदस्यसमेत रहेका भण्डारीले विश्वका अन्य देशले आफ्ना नागरिक खोजीखोजी हवाई जहाजमार्फत स्वदेश फर्काउँदासमेत नेपाल सरकारले सीमामा अलपत्र रहेका नेपालीको उद्धार नगर्नु गैर दुःखद भएको विज्ञप्तिमा भनेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment