एसियनकप २०२७ आयोजना दावी गर्ने डेडलाइन बढ्यो

डिसी नेपाल
२० चैत २०७६ १५:३६

काठमाडौं । कोरोना भाइरसको महामारीले उत्पन्न हुने संकटलाई ध्यानमा राख्दै एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार एसियन कप २०२७ को आयोजना दावी गर्ने डेडलाइनको म्याद थप गरेको छ । एएफसीले जारी गरेको एक विज्ञप्ति अनुसार प्रतियोगिता आयोजनाको लागी अब जून ३० सम्म दावी गर्न सकिनेछ ।

यो भन्दा अगाडी एएफसीले आयोजना दाबी अन्तिम मिति ३१ मार्च सम्म कायम गरेको थियो तर कारोना भाईरस महामारीको कारण वर्तमान स्थितिलाई ध्यानमा राख्दै अहिले यो निर्णय लिइएको छ। यसले गर्दा हाम्रो सदस्य राष्ट्रहरूलाई पनी आगामी तयारीको लागि पर्याप्त समय मिल्ने एएफसीले जनाएको छ ।

आगामी एसिया कप चीनले २०२३ मा आयोजना गर्देछ । २०२७ को एसिया कप प्रतियोगिता आयोजनाको लागि अहिले सम्म साउदी अरेबियाले मात्र दाबी गरेको छ।

२०२३ को एसिया कप लागि छनौट खेलहरु कोरोना भाइरस कारण प्रभावित भएका छन्। यो महामारीको कारण विश्वभरिका खेलकुद प्रतियोगिताहरू ठप्प भएका छन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *