कोरोनाको जोखिम बढ्ने भएपछि बाँकेमा २१ जना थुनामुक्त

डिसी नेपाल
२० चैत २०७६ १६:०५

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा सामान्य कसुरमा पक्राउमा परी थुनुवा कक्षमा रहेका २१ जना थुनुवालाई थुनामुक्त गरिएको छ ।

थुनुवाहरु सङ्ख्या धेरे हुँदा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सामान्य मुद्दा चलेकालाई पुनः हाजिर हुनेगरी थुनामुक्त गरिएको बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताउनुभयो ।

थुनुवा कक्षमा अझै जघन्य अपराधका २८ जना थुनुवा रहेको प्रहरी नायव उपरिक्षक सिंहले बताउनुभयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *