नवलपुर जिल्ला कारागारभित्र क्वारेन्टाइन

डिसी नेपाल
२३ चैत २०७६ १३:१८

नवलपुर । नवलपुर जिल्लाका कैदी बन्दीलाई चितवन कारागार ल्याइएपछि यहाँका कैदी बन्दी त्रासमा परेका छन्। नवलपुरमा हालसम्म कारागार रहेको छैन।

कारागार कार्यालय चितवनका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार कोरोना भाइरस जोखिम हुन नदिन लकडाउन गरिएपछि नवलपुर जिल्ला अदालतबाट आदेश भइ ११ जना कैदी बन्दी यहाँ आएका छन्।

उनले भने “करागारको क्षमता कम नै रहेको छ। विशेष परिस्थितिका कारण कैदीबन्दी ल्याइएको हो। अव नपठाउन अनुरोध गरेका छौ।” दुई सय ५५ जना क्षमता भएको यहाँको पुरुष बन्दी गृहमा ६६८ र २५ जनाको क्षमता रहेको महिला गृहमा तीन आश्रित बालिकासहित ५८ जना रहेका छन्।

साँघुरो ठाउँमा बाहिरबाट आउनेले रोग ल्याएमा सबै सङ्क्रमित हुने भएकाले सबै त्रासमा परेका हुन्। प्रमुख काफ्लेका अनुसार कारागारमा एक जना अहेबको दरवन्दि रहेको छ।

कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन कैदी बन्दीका आफन्तलाई भेटघाट बन्द गरिएको छ। कारागार भित्रै १५ श्ययाको क्वारेन्टाइन स्थापना गरिएको छ।

सर्वोच्च अदालतले एक वर्षसम्म कैद तोकिएकालाई बाँकी समयको कैदको रकम भूक्तानी गरी छाड्ने आदेश गरेको छ।

यस कारागारमा ३८ जना त्यस्ता कैदी रहेका छन् । ती मध्ये १६ जनाले मात्र सो सुविधा प्रयोग गरेका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *