भारतमा एकै दिन थपिए ७०० कोरोना संक्रमित, ज्यान गुमाउनेको संख्या ११७ पुग्यो

डिसी नेपाल
२४ चैत २०७६ ८:३३

काठमाडौँ । छिमेकी मुलक भारतमा कोरोनाको प्रभाव ह्वात्तै बढेर गएको छ।

पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको ज्यान गएको छ । यो सँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११७ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

यस्तै, आइतबार मात्रै भारतमा ७०० जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ४ हजार २ सय ८८ पुगेको छ। संक्रमितमध्ये ३२८ जना उपचारपछि घर फर्किसकेका छन्।

भारतमा संक्रमित मध्ये सबैभन्दा धेरै मुम्बईमा रहेका छन्। हिजो मात्रै मुम्बईमा १०३ जना नयाँ संक्रमित फेला परेका हुन् । जसमध्ये ३० जनाको ज्यान गएको छ।

भारतमा हालसम्म १ लाख २८ हजार ३ सय २० जनाको कोरोना टेस्ट गरेको छ।

यस्तै, विश्वका २०८ देशमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट ६९ हजार ४ सय २८ जनाको ज्यान गएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर १२ लाख ७२ हजार ९ सय ५३ जना मानिस कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका छन् । संक्रमित मध्ये २ लाख ६२ हजार ३ सय ३१ जना भने उपचारपछि घर फर्किएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *