साउदीका निजी कम्पनीलाई कामदारको तलब र काम गर्ने समय कटौती गर्न स्वीकृति

डिसी नेपाल
२५ चैत २०७६ १३:५७

काठमाडौं। कोरोनाभाइरसको महामारीका कारण व्यवसाय प्रभावित भएका साउदी अरेबियाका निजी कम्पनीहरुलाई आफ्ना कामदारको तलब र काम गर्ने समय कटौती गर्न अनुमति दिइएको छ । तर, उनीहरुले कामदारको सहमतिमा मात्र यस्तो गर्न पाउने र घटाइएको पारिश्रमिक उनीहरुको घटाइएको काम गर्ने समयसँग मिल्नुपर्ने त्यहाँको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले केही कम्पनीहरुले कोरोनाभाइरसको संकटको फाइदा उठाउँदै आफ्ना कामदारको शोषण गर्ने आशंकाको समेत निराकरण गर्दै यसप्रकारको कुनै शोषण भएमा कामदारले उजुरी गर्न सक्ने समेत जनाएको छ । ‘कुनै पनि किसिमको शोषण भएमा कामदारले मन्त्रालयको वेबसाइट, च्यानल वा सामाजिक संजाल प्लेटफर्ममा उजुरी गर्न सक्नेछन्’ मन्त्रालयको मानव संसाधन मामिलाका निर्देशक साद अल हम्मादले अरब न्यूजसँग भने । हम्मादका अनुसार यो साउदी नागरिक र प्रवासी कामदार दुवैको हकमा लागू हुनेछ ।

साउदी सरकारले दिएको राहत र मुआब्जा, जस्तै गत हप्ता घोषणा भएको ९ अर्ब साउदी रियल राहतको लाभ पाउने रोजगारदाताले भने कामदारको सम्झौता रद्द गर्न पाउने छैनन् । कामदारले भने सम्झौता रद्द गर्न पाउनेछन् । मन्त्रालयले कामदारलाई सम्झौताअनुसारका सुविधा पाउनबा बञ्चित हुनुपर्ने अवस्था आउन नदिन यस्तो गरिएको जनाएको छ ।




प्रतिक्रिया

One thought on “साउदीका निजी कम्पनीलाई कामदारको तलब र काम गर्ने समय कटौती गर्न स्वीकृति

  1. We should have to do 12 hour work in eastern aquatic plastic product factory in sananaya2 please tell them

Leave a Reply

Your email address will not be published. Required fields are marked *