२ छाेरीपछि बलिउड फिल्म निर्माता करीम मोरानीलाई कोरोना संक्रमण, बलिउड कलाकार तनावमा
मुम्बई। दुवै छोरी जोया र शाजापछि अब ‘चेन्नई एक्सप्रेस’ जस्ता फिल्मका निर्माता करीम मोरानीलाई कोरोना संक्रमण भएको छ। उनको रिपोर्ट पोजेटिभ आएको भारतीय संचारमाध्यमले जनाएका छन्। उनलाई मुम्बईको नानावटी अस्पतालको आइसोलेशनमा राखिएको छ।
मोरानीले भने, ‘मंगलबार (७ अप्रिल) मा मैले जाँच गराएको थिएँ। रिपोर्ट पाजेटिभ आयो। यद्यपी मलाइ कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण छैन। अहिले म नानावटी अस्पतालमा भर्ना भएको छु।’
करीमकी जेठी छोरी जोयालाई सोमबार कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो। त्यसपछि उनी मुम्बईको धीरुभाइ अम्बानी अस्पतालमा भर्ना भएकी छन्। त्यो भन्दा पहिला करीमकी कान्छी छोरी शाजालाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो। उनलाई पनि नानावटी अस्पतालमा भर्ना गरिएको छ।
भारतीय संचारमाध्यमका अनुसार शाजा मार्चको पहिलो हप्ता श्रीलंकाबाट फर्किएकी थिइन् भने जोया मार्चको मध्यमा राजस्थानको यात्रा गर्दै मुम्बई फर्किएकी थिइन्।
चेन्नई एक्सप्रेस र रा–वन जस्ता फिल्मका निर्माता करीम मोरानी आफ्नो परिवारसहित मुम्बईको जुहूस्थित शगुन नामको भवनमा बस्दै आएका छन्। उक्त इलाकामा बलिउडका कयौं कलाकार बस्दै आएका छन्। मोरानी परिवारमा कोरोना संक्रमण देखिएपछि यहाँ तनाव देखिएको छ।







डिसी नेपाल








Facebook Comment