इटालियन ओलम्पिक फाइनलिस्ट डोनाटोको कोरोनाको कारण निधन

डिसी नेपाल
२७ चैत २०७६ १६:३४

काठमाडौं । गत दुई हप्तामा संसारका ६ ठूला खेलाडीहरूले कोरोनाभाइरस (कोविड–१९) को कारण आफ्नो ज्यान गुमाएका छन । इटाली ओलम्पिक समिति (आईओसी) ले जनाए अनुसार ओलम्पिक उपविजेता डोनाटो साबियाको ५६ बर्षको उमेरमा कोरोनाको कारण निधन भएको छ । उनी ८ सय मिटरको दौडमा दुई पटक ओलम्पिक फाइनल पुगेका थिए। केही दिन अघि डोनाटोका बुबाको पनि कोरोनाको कारण मृत्यु भएको थियो। उनी कोविड १९ को कारण ज्यान गुमाउने खेल जगतको छैठौं खेलाडी हुन ।

धावक डोनाटो साबिया १९८४ लस एन्जलस ओलम्पिकमा पाचौं र १९८८ सोल ओलम्पिकमा सातौं स्थानमा रहेका थिए । उनले ८ सय मिटर दौडको युरोपियन इन्डोर च्याम्पियनशिपमा स्वर्ण पदक जितेका थिए। आईओसीका अनुसार साबिया कोरोनाको कारण मृत्यु हुने विश्वकै पहिलो ओलम्पिक फाइनलिस्ट हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *