कोरोना महामारी ‘स्वाइन फ्लू’ भन्दा दश गुना खतरनाक: डब्लु.एच.ओ

डिसी नेपाल
२ वैशाख २०७७ १२:२३
4
Shares

काठमाडाैँ । विश्व स्वास्थ संगठनले अहिलेको महामारी सन् २००९ मा भएको स्वाइन फ्लू भन्दा खतरनक हो भनेर सबैलाई सजग हुन भनेको छ। संस्थाका प्रमुख टेड्ड्रस एडनमले सोमबार गरेको प्रेसमिटमा यस्तो कुरा बताएका हुन।

अहिले कोरोनाका कारण एकलाख पन्ध्र हजार मरिसकेका छन्। यो महामारी अगिल्लो स्वाइन फ़्लू भन्दा दश गुना खतरनाक र सोही रफ्तारमा फैलिएको छ।शुरुमा म्याक्सिकोमा देखिएर उक्त फ्लू पछि अमेरिकामा फैलिएको थियो।

उक्त समय मृत्युदर बेलायतमा ०.०३ प्रतिशत, अमेरिकामा ०.२ प्रतिशत र विश्वभर मा १.१ प्रतिशतमात्र थियो भने यो पटक कोरोनाले बेलायतमा मात्रै ६ प्रतिशत, अष्ट्रेलिया ०.१ र अमेरिका ४ प्रतिशत मृत्युदर देखिएको बताए।

कोरोनासगँ लड्न खोपको आविष्कार नगरी सम्भव छैन र यसका लागी स्वास्थसगँ सम्बन्धित संस्थाहरूले अझै अध्ययन गरिरहेको समेत बताएकोछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *