एक दशकपछि नासाले मानवसहितको यान अन्तरिक्षमा पठाउँदै

डिसी नेपाल
६ वैशाख २०७७ १३:१३

बीबीसी। अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले अर्को महिना करिब दश वर्षपछि पहिलोपटक अन्तरिक्षमा मानवसहितको यान पठाउने घोषणा गरेको छ।

रकेट र अन्तरिक्ष यान फ्लोरिडाको केनेडी स्पेश सेन्टरबाट २७ मेका दिन उडाउने योजना छ।

दुईजना अन्तरिक्षयात्री पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (इन्टरन्याशनल स्पेश स्टेशन आइएसएस)तर्फ जानेछन्।

रकेट र अन्तरिक्ष यान दुवै एउटा निजी कम्पनी ‘स्पेस एक्स’ले निर्माण गरेको बताइएको छ। नासाले उसको अन्तरिक्ष शटलले सन् २०११ मा काम गर्न बन्द गरेयता मानवसहित अन्तरिक्ष यात्राका लागि रुसी रकेटहरूको प्रयोग गर्दै आएको छ।

यदि सफल भएमा अर्बपति व्यवसायी एलन मस्कको कम्पनी स्पेश एक्स, नासाका अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पुर्‍याउने पहिलो निजी कम्पनी हुनेछ।

‘द फाल्कन नाइन रकेट’ र ‘क्रु ड्र्यागन’ अन्तरिक्ष यानले अन्तरिक्ष केन्द्रको अपोलो र शटल मिसनहरूका लागि प्रयोग भएको ऐतिहासिक प्याड ३९ए बाट उडान सुरु गर्नेछन्।

अन्तरिक्ष यात्रीहरू बब बेहन्कन र डग हर्लीलाई आइएसएस पुग्न करिब २४ घण्टा लाग्ने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *