परराष्ट्र मन्त्रालयको वार्षिक विकास कार्यसमिति बैठक सम्पन्न
काठमाडौं। परराष्ट्र मन्त्रालयले चालु आर्थिक वर्षको वार्षिक मन्त्रीस्तरीय विकास कार्यसमिति बैठक सम्पन्न गरेको छ। बैठकको अध्यक्षता परराष्ट्रमन्त्री शिशिर खनालले गरेका थिए।
बैठकमा गत आर्थिक वर्षमा मन्त्रालयले हासिल गरेको प्रगति, कार्यसम्पादन तथा विकास कार्यक्रमहरूको समीक्षा गरिएको मन्त्रालयले जनाएको छ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टासहित विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले मन्त्रालयको कार्यसम्पादनबारे रचनात्मक सुझाव तथा टिप्पणी प्रस्तुत गरेका थिए।
मन्त्रालयका अनुसार बैठकमा प्राप्त सुझावलाई आगामी योजना तथा कार्यक्रम कार्यान्वयनमा समेट्दै सेवा प्रवाह र कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment