प्रदेश २ मा शनिबारसम्म १८३६ जनाको कोरोना परीक्षण
जनकपुरधाम । प्रदेश नं २ मा सबैभन्दा बढी पर्सा जिल्लामा कोरोना भाइरसको र्यापिड डायगोनेष्टिक टेस्ट (आरडिटी) परीक्षण गरिएको छ।
प्रदेशमा शनिबारसम्म एक हजार ८३६ को परीक्षण गरिएकामा सबैभन्दा बढी पर्साका ९२३ कोे परीक्षण गरिएको हो।
अन्य जिल्लातर्फ सप्तरमा २८७, सिरहामा ११०, धनुषामा ५४ र महोत्तरीमा ५४ जनाको आरडिटी परीक्षण गरिएको प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए ।
यस्तै, सर्लाहीमा ६८, बारामा ६२ र रौतहटमा २६८ जनाको आरडिटी परीक्षण गरिएको छ । सर्लाहीको धनकौंल–५स्थित जनता माविको क्वारेन्टाइनमा बसेको १४ वर्षीय एक किशोरको आरडिटी रिपोर्ट पोजिटिभ भएको र उनको स्वाब परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको सचिव डा. घिमिरेले जानकारी दिए ।
प्रदेशअन्तर्गत आठवटै जिल्लामा हालसम्म एक हजार २६५ जना क्वारेन्टाइनमा, एक हजार ६७७ जना होम क्वारेन्टाइन र १४ जना आइसोलेशनमा रहेका छन् । रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment