जनता समाजवादी पार्टी निर्वाचन आयोग दर्ता

डिसी नेपाल
११ वैशाख २०७७ १०:४२

काठमाडौं। बुधबार राति राजपा र समाजवादी पार्टीबीच एकीकरण भएर गठन भएको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा विधिवत दर्ता भएको छ।
बिहीबार विहान जनता समाजवादी पार्टी निर्वाचन आयोगमा विधिवत दर्ता भएको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा विधिवत दर्ता भएको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य केशव झाले जानकारी दिए।

बुधबार रातिमात्रै राजपा र समाजवादी पार्टीबीच एकीकरण भएको थियो। सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि समाजवादी पार्टी विभाजनको संघारमा पुगेको थियो। त्यसलाई रोक्न बुधबार राति राजपा र र समाजवादी पार्टीबीच एकता भएको थियो।

एकतापछि नयाँ पार्टीको झण्डा भने समाजवादी पार्टीको राख्ने सहमति गरिएको छ भने चुनाव चिह्न राजपाले प्रयोग गरेको छाता राख्ने सहमति भएको छ । बुधबार राती भएको सहमतिमा राजपाका तर्फबाट महन्थ, ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारी र समाजवादी पार्टीबाट तर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *