श्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँसहित दुई जना पक्राउ

डिसी नेपाल
१९ साउन २०८३ २१:५८

काठमाडौं। श्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँसहित सर्लाही जिल्लाको पर्सा गाउँपालिका–६ स्थित सीमा इलाकाबाट साउन १९ गते सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ लिएको छ।

नियन्त्रणमा लिइएकाहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय असपाक साह र महोत्तरी जिल्लाको श्रीपुर नगरपालिका–४ बस्ने ४६ वर्षीय साजन मुखिया छन्।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट सग्रामपुर सर्लाहीले शङ्का लागि जाँच गर्दा उनीहरूको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठले जानकारी दिए।

बरामद रुपैयाँमा एक हजार दरको १३ सय थान नेपाली रुपैयाँ रहेको छ। नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि मलंगवा भन्सार कार्यालय सर्लाहीमा बुझाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *