बामदेव र ओलीबीच के भएको थियो बालुवाटारमा ?

मदन कोइराला
१४ वैशाख २०७७ ९:३६

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेव गौतम बैशाख १३ गते शनिवार बालुवाटर पुगेपछि दुई नेताबीच घम्साघम्सी परेका अनेक समाचार सार्वजानिक भएका छन्। सचिवालयले राष्टिय सभा सदस्य बनाउने निर्णय गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेका कारण हालसम्म सांसद बन्न नपाएका गौतमले ओलीलाई के भने शनिवार ?

दुई नेताबीचको लामो कुराकानीमा बामदेवले ओलीलाई नैतिकता देखाउन आग्रह गरेका थिए। नैतिकता देखाउ भन्नुको अर्थ राजीनामा देउ नै भनेको हो गौतम निकट मानिने केन्द्रीय सदस्य बलराम बास्कोटाले डिसी नेपाललाई बताए।

अध्यादेश फिर्ता लिइसकेपछि पनि प्रधानमन्त्री राजनीतिकरुपमा कमजोर बन्न पुगेका छन्। अहिले पार्टीभित्र स्थायी कमिटी बैठक बोलाउनु पर्ने माग उठेको छ। र संभवतः केही दिनभित्रै नेकपा स्थायी कमिटी बैठक बस्दैछ ।

ओलीले बैठक नबोलाए प्रचण्डले नै कार्यकारी अधिकार प्रयोग गरी स्थायी कमिटीको बैठक बोलाउने भएका छन्। राजनीतिक रुपमा आफू कमजोर बनेपछि प्रधानमन्त्री केपी ओलीले शनिबार उपाध्यक्ष बामदेव गौतमसँग लामो छलफल गरे। प्रधानमन्त्री ओलीबाट बारम्बार धोका पाएको बताउँदै आएका गौतमले प्रधानमन्त्रीलाई नैतिकता देखाउन सुझाव दिँदै राजीनामा मागेका थिए।

‘यसअघि कानुन मन्त्री बनेका शेरबहादुर तामाङले नैतिकता देखाउनु भएको थियो, संचारमन्त्री गोकुल बास्कोटाका विषयमा प्रश्न उठेपछि उहाँले राजीनामा दिनु भएको थियो,’ गौतमले प्रधानमन्त्रीसँग भनेका थिए, ‘राजनीतिमा सबैभन्दा ठूलो कुरा नैतिकता हो। अब नैतिकता देखाउने बेला भएको छ।’

गौतमले सरकारको कार्यशैलीका कारण अहिलेको अवस्था आएको भन्दै नैतिकता देखाउनु पर्ने जिकिर गरेका थिए। ‘यसअघि कानुन मन्त्री बनेका शेरबहादुर तामाङले नैतिकता देखाउनु भएको थियो, संचारमन्त्री गोकुल बास्कोटाका विषयमा प्रश्न उठेपछि उहाँले राजीनामा दिनु भएको थियो,’ गौतमले प्रधानमन्त्रीसँग भनेका थिए, ‘राजनीतिमा सबैभन्दा ठूलो कुरा नैतिकता हो। अब नैतिकता देखाउने बेला भएको छ।’

सुरुमा प्रधानमन्त्री ओलीप्रति आक्रामकरुपमा प्रस्तुत भएका गौतमले पार्टीले सरकार चलाउने परिपाटीविपरित सरकारले पार्टी चलाउन खोजेपछि अहिलेको अवस्था सृजना गरेको बताएका थिए। उनले सचिवालयले गरेको निर्णय स्थायी कमिटीले गर्ने र अन्तिम निर्णय लिने अधिकार केन्द्रीय कमिटीलाई हुने भन्दै स्थायी कमिटी र त्यसपछि केन्द्रीय कमिटी बैठक बोलाउनु पर्ने संकेत गरेका थिए।

लामो छलफलमा प्रधानमन्त्री ओलीले गौतमलाई फकाउने प्रयास गरेका थिए। अन्तिममा गौतमले आफू सरकार परिवर्तनको पक्षमा नरहेको भन्दै तर स्थायी कमिटी र केन्द्रीय कमिटीले गर्ने निर्णयमा भने साथ दिने बताएको स्रोतले जनाएको छ।

‘कम्युनिष्ट पार्टीको विषेशता भनेको सामुहिक नेतृतव हो,’ गौतमले प्रधानमन्त्रीलाई भनेका थिए, ‘तर अहिले पार्टीले सरकार चलाउने भन्दा पनि सरकारले पार्टी चलाउनेजस्तो अवस्था देखियो । यो उचित होइन ।’ स्रोतका अनुसार गौतमले आफ्नो कुनै गुट नभएको उल्लेख गर्दै तत्काल वर्तमान सरकारको विकल्पको पक्षमा आफू नरहेको तर नैतिकता देखाउने भने उचित बेला भएको बताएका थिए।

विगतमा आफूले पार्टी फुटाएर ठूलो गल्ती गरेकाले आफूलाई अहिले पनि पछुतो हुने गरेको उल्लेख गर्दै गौतमले आफू पार्टी विभाजनको पक्षमा पनि नरहेको र सरकारले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने बताएका थिए । सुरुमा प्रधानमन्त्रीसँग आक्रमणकरुपमा प्रस्तुत भएका गौतमलाई प्रधानमन्त्रीले ‘कन्भिन्स’ गरेपछि आफैं कुनै पनि गुटमा नरहेको जवाफ दिएको स्रोतले दाबी गरेको छ।




प्रतिक्रिया

One thought on “बामदेव र ओलीबीच के भएको थियो बालुवाटारमा ?

  1. बामदेब लाइ जनताले तेसै हराएका हाेइनन, आत्मबल र आत्मबिस्वास काे कमि छ इनमा, एमाले काे कुनै गुट ले बामदेब काे भर नपरे हुन्छ…जहाँ उनकाे स्वार्थ पुरा हुने देख्छन उनि तेतै लाग्छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *