केपी ओली विनाको नेकपाको कल्पना गर्न सकिँदैन : गोकुल बाँस्कोटा

डिसी नेपाल
१५ वैशाख २०७७ ९:०५
8
Shares

काठमाडौं। पूर्व संचारमन्त्री एवं नेकपा नेता गोकुल बास्कोटाले केपी ओली विनाको नेकपाको कल्पना गर्न नसकिने बताएका छन्। समाजिक संजालमा ट्विटरमार्फत पूर्व मन्त्री बास्कोटाले ओली विनाको नेकपाको कल्पना गर्न नसकिने बताएका हुन्।

उनले लेखेका छन्, ‘ओली नभएको नेकपाको कल्पना गर्ने पनि नेकपामा छन् भने तिनीहरुले चाहेको सबल नेकपाको चित्र कस्तो होला त? गणितले राजनीतिको होइन, राजनीतिले गणितको फैसला गर्छ। तिनाउको किानारमा रामापिथेकसको नलिहाड खोजेर बसेको भए मञ्जुश्रीले काठमाडौंमा बस्ती नै बसाउन सक्ने थिएनन्।’

यसैबीच सोमबार एभिन्युज टेलिभिजनलाई अन्तर्वार्ता दिँदै बाँस्कोटाले बालुवाटारले आँखा झिम्क्याउँदा मात्रै आफ्नो दिमाग चल्ने गरेको भन्ने सत्य नभएको बताए। ओली निकट मानिने नेता बास्कोटाले ओली कै कारणले अहिले नेकपाले झण्डै दुई तिहाई बहुमत ल्याउन सफल भएको दाबी गरे।

नाकाबन्दीमा लिएको अडानका कारण अहिलेको जनमत आएका उनले दाबी गरे। ‘नेता परिस्थितिले जन्माउँछ, नाकाबन्दीको सामना गर्न ओलीको खोजी भयो, त्यो बेला राजेन्द्र महतोको काम हुँदैन थियो, ’ उनले भने।

पछिल्लाे समय नेकपाभित्रकाे विवाद बढ्दै गएपछि नेताहरू सामाजिक संजालमार्फत आरोप प्रत्याराेपमा उत्रिँदै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

2 thoughts on “केपी ओली विनाको नेकपाको कल्पना गर्न सकिँदैन : गोकुल बाँस्कोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *