सीमा सुरक्षा गर्न म्यादी प्रहरी परिचालन

डिसी नेपाल
१७ वैशाख २०७७ ८:०५
8
Shares

चन्द्रौटा । कपिलवस्तुको विजयनगर गाउँपालिकाले ५० म्यादी प्रहरी छनोट गरी परिचालन गर्ने भएको छ ।

नेपाल भारत सीमामा पर्ने उक्त गाउँपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको बैठकले सीमा सुरक्षा गर्न म्यादी प्रहरीलाई परिचालन गर्ने निर्णय गरेको छ।

गाउँपालिकाभित्र बसोबास गर्ने नागरिकमध्येबाट छनोट गरी लकडाउन अवधिभर सीमा क्षेत्रको रेखदेख गर्ने जिम्मा दिइने गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताए ।

नागरिक भारतबाट लुकिछिपी नेपाल भित्रिन संक्ने सम्भावना देखेर गाउँपालिकाले सीमा क्षेत्रमा यस्तो व्यवस्था गर्न लागेको अध्यक्ष थापाले बताए ।

गाउँपालिकाले गरेको निर्णयले लकडाउनको प्रभावकारी कार्यान्वयन र शान्ति सुरक्षामा मद्दत पुग्ने इलाका प्रहरी कार्यालय गणेशपुरमा प्रहरी निरीक्षक मधु नेपालले बताए ।

म्यादी प्रहरीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको मातहत राखिने गाउँपालिकाको योजना छ । सरकारले लगाएको लकडाउन अवधिमा उनीहरुले काम गर्नेछन्। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *