चीनले आफूलाई हराउन जे पनि गर्न सक्ने ट्रम्पको आरोप

डिसी नेपाल
१८ वैशाख २०७७ १२:४४

बीबीसी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनप्रतिको आफ्नो आलोचनालाई कडा बनाउँदै आफूलाई पुनर्निर्वाचित हुनबाट रोक्न चीनले ‘गर्न सक्ने सबै काम’ गर्ने बताएका छन्।

रोयटर्स समाचार संस्थालाई ह्वाइट हाउसमा दिएको अन्तर्वार्तामा ट्रम्पले कोरोनाभाइरस महामारीको विषयमा चीनमाथि अमेरिकाको धेरै कारबाहीको सम्भावना रहेको बताए।

उनले चीनले विश्वलाई सो रोगका बारेमा चाँडै बताउनु पर्ने तर नबताएको दाबी गरे। ट्रम्पलाई अमेरिकामा कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि यथेष्ट प्रयास नगरेको आरोप लाग्ने गरेको छ।

कोरोनाभाइरसको कारण ट्रम्पले पुनर्निर्वाचित हुनका लागि मुख्य मुद्दा बनाएको अमेरिकी अर्थतन्त्र धरापमा परेको छ। चीनसँग व्यापार युद्ध थालेका ट्रम्पले उनले चीनविरूद्ध के कस्तो कदम चाल्न सक्छन् भन्ने कुराको थप जानकारी दिएनन्।

उनले रोयटर्सलाई भने,”मैले गर्न सक्ने धेरै कुरा छन्। हामी के भयो भन्ने कुरा हेरिरहेका छौँ।” “यो दौडमा मलाई हराउन चीनले जे जति गर्न सक्ने गर्नेछ।” रिपब्लिकन राष्ट्रपति ट्रम्पले सम्भावित डेमोक्र्याट उम्मेदवार जो बाइडेको नोभेम्बरको निर्वाचनमा जित होस् भन्ने चीनको चाहना रहेका पनि बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *