सरकारले विकासको लहर ल्याउनुपर्छः पूर्वप्रधानमन्त्री खनाल

डिसी नेपाल
१२ असोज २०७५ १:०६

चरिकोट। पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले विकासको लहर ल्याउनुपर्ने बताएका छन् ।

पर्यटन दिवसका अवसरमा दोलखाको जिरीमा बिहीबार आयोजित एक कार्यक्रममा उनले भने, ‘सानातिना समस्याको समाधान गरी जनताको चाहना अनुसार सरकारले विकासको लहर ल्याउन सक्नुपर्छ ।’

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेतासमेत रहेका पूर्वप्रधानमन्त्री खनालले मुलुकमा विधमान समस्या र चुनौतीको निराकरण गरी स्थानीय, प्रदेश र सङ्घीय सरकार मिलेर विकास र समृद्धिमा केन्द्रीत हुनुपर्नेमा बताउँदै स्थानीय जिरेल, शेर्पा, सुनुवारको संस्कृतिलाई पनि सँगसँगै अगाडि बढाउन स्थानीय सरकारलाई आग्रह गरे ।

प्रतिनिधिसभाका सांसद पार्वत गुरुङले सञ्चारमाध्यमको विकास हुनु नै लोकतन्त्रको बलियो आधार भएको बताउँदै समृृद्ध नेपाल निर्माणका लागि सञ्चारमाध्यमले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *