नेकपाद्वारा दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गरिने
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले जनताका समस्या तथा माग सङ्कलन गरी तिनको समाधानका लागि पहल गर्ने उद्देश्यले कात्तिक ७ गतेदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। आगामी मङ्सिर २५ गतेसम्म सञ्चालन हुने उक्त अभियान गत असोज २३ गते बसेको पार्टीको केन्द्रीय संयोजन समितिको निर्णयअनुसार सुरु हुन लागेको हो।
अभियानका क्रममा महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी, असुरक्षा तथा जनजीविकासँग जोडिएका समसामयिक समस्याबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराइनेछ। यसका लागि प्रधानमन्त्री, प्रदेशका मुख्यमन्त्री तथा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र र मागपत्र पेस गर्ने कार्यक्रम तय गरिएको छ।
यसैगरी, देशका विभिन्न स्थानमा जनभेला, अन्तरक्रिया, गोष्ठी तथा पत्रकार सम्मेलन आयोजना गरिने नेकपाले जनाएको छ। अभियान अवधिभर प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत, क्षतिपूर्ति तथा पुनःस्थापनाका लागि पहल गर्नुका साथै विभिन्न जनसेवा र जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरिनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment