साउदीमा एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

डिसी नेपाल
६ कार्तिक २०८३ १४:५१
8
Shares

काठमाडौं। साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपालीको मृत्यु भएको घटनाप्रति नेकपा (एमाले)ले दुःख व्यक्त गरेको छ।

एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले आज विज्ञप्तिमार्फत् दिवङ्गत नेपाली नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

विज्ञप्तिमा निर्दोष नागरिकको ज्यान जाने गरी हुने हिंसात्मक घटना मानवीय मूल्य–मान्यताविपरीत रहेको जनाइएको छ। सो पार्टीले विश्व शान्तिको पक्षमा आफूहरू सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्ता अमानवीय घटनाको निन्दा गरेको छ।
नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको वैदेशिक द्वन्द्वका कारण नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अत्यन्तै दुःखद र चिन्ताजनक रहेको एमालेको भनाइ छ।

वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूको सुरक्षा र हित सुनिश्चित गर्न एमालेले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *