काठमाडौं उपत्यकामा प्रवेश निषेध गर्ने सरकारको निर्णय
काठमाडौं। काठमाडौं बाहिर कोरोना संक्रमणको जोखिम बढेसँगै काठमाडौं भित्रिनेको संख्या बढेको निष्कर्ष निकाल्दै सरकारले तत्कालका लागि काठमाडौं उपत्यकामा सवारी साधन प्रवेशमा रोक लगाउने भएको छ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौंमा दैनिक ठूलो संख्यामा सवारी साधनमार्फत मानिसहरु भित्रिरहेको र त्यसले जोखिम बढाएको केही मन्त्रीहरुले रिपोर्टिङ गरेपछि लकडाउन अवधिभर काठमाडौंमा बाहिरबाट आउने सवारी साधन र मानिसको आवातजावतमा रोक लगाउने निर्णय गरिएको हो।
‘काठमाडौं बाहिर कोरोना संक्रमितको संख्या बढेपछि काठमाडौं सुरक्षित भन्दै उपत्यका भित्रिनेको संख्या बढेपछि उत्पन्न हुने खोजिम कम गर्न लकडाउन अवधिभर सवारी साधन र यात्रुलाई पनि काठमाडौं प्रवेशमा रोक लगाउने निर्णय भएको छ,’ एक मन्त्रीले डिसी नेपालसँग भने।
काठमाडौं उपत्यका भित्रिको संख्या वृद्धि भएपछि अहिले काठमाडौं भित्रिने सबै नाकामा कडाइ गर्न थालिएको छ। सवारी पास लिएर काठमाडौं आएका सवारी साधनलाईसमेत फिर्ता पठाउन थालिएको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले जारी लकडाउन दश दिन थप गर्दै जेठ पाँच गतेसम्म जारी राख्ने निर्णय गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment