राष्ट्र विरोधी गतिविधि गर्नेलाई सरकारले नियन्त्रण गर्नुपर्छ : गच्छदार

डिसी नेपाल
१३ असोज २०७५ ८:३०

विराटनगर। नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन्।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय खण्डता अक्षुण्ण राख्नु सबै राजनीतिक दलको कर्तव्य भएको चर्चा गरे।

नेता गच्छदारले राष्ट्र विरोधी गतिविधि गर्नेलाई कुनै किसिमको छुट दिन नहुने उल्लेख गर्दै वर्तमान सरकारले यस्ता गतिविधिमा लाग्नेलाई समयमै नियन्त्रण गनुपर्ने बताए।

देशमा हत्या, हिंसा र बलात्कारका घटना वृद्धि भएकामा चिन्ता व्यक्त गर्दै उहाँले गृह प्रशासनले जनताको सुरक्षाको वातावरण सिर्जना गर्नुपर्ने आवश्यक्ता औंल्याए।

एक प्रश्नको जवाफमा नेता गच्छदारले संवैधानिक व्यवस्थाअनुसार उपसभामुख प्रतिपक्षले पाउनुपर्ने र यसको पालना सत्तापक्षले नै गर्नुपर्ने आवश्यकता औल्याउँदै यो विषय सर्वोच्च अदालतमा प्रवेश भैसकेकाले नेपाली काङ्गेसले त्यसको निर्णय पर्खिरहेको धारणा व्यक्त गरे।

अर्को फरक प्रसङ्गमा उनल नेपाली काङ्ग्रेस र नेपाल लोकतान्त्रिक फोरमको समायोजन विद्यार्थी सङ्गठनबाट शुरुवात भएको बताउँदै आगामी दर्शै अगाडि दुबै पार्टीबीचको सहमतिअनुसार कार्य सम्पन्न हुने दाबी गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *