बर्दियामा १८ हजारलाई राहत

डिसी नेपाल
२७ वैशाख २०७७ ७:३२

बर्दिया । बन्दाबन्दीका कारण अभाव भोगेका विपन्न र गरीब समुदायका १८ हजार परिवारलाई बर्दियामा पहिलो चरणको राहत वितरण भएको छ।

कोरोना भाइरस संङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न भएको बन्दाबन्दीका कारण दिनहुँ छाक टार्न समस्यामा परेका गरीब र श्रमिकवर्गका परिवारलाई पहिलो चरणको राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

पहिलो चरणमा अहिलेसम्म १७ हजार ९३४ परिवारलाई राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यलय बर्दियाका सूचना अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिए ।

आठ पालिका रहेको बर्दियामा ६ नगरपालिका र २ गाउँपालिका छन् ।

पालिकाका टोल विकास संस्थामार्फत नामावली सङ्कलन गरिएको तर केही फर्जी र हुनेखाने परिवारले समेत राहत लिएकाले त्यस्तालाई कारवाहीको माग भएको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *