ऋषि धमलाको चलचित्र ‘अनुराग’ हेर्न टिकट नपाएर दर्शकले गरे नाराबाजी (भिडियो)

डिसी नेपाल
१३ असोज २०७५ १६:०७

काठमाडौं। देशभर प्रदर्शनमा रहेको ऋषि धमलाद्वारा निर्मित नेपाली कथानक चलचित्र ‘अनुराग’ हेर्न सिनेमाहलहरुमा घुईंचो लागेको छ। आज काठमाडौंका विभिन्न हलहरु फुल नै भए जसकारण चलचित्र हेर्न नपाएको भन्दै केहिले गुनासो समेत गरेका थिए। गोपिकृष्ण मुभिज अगाडि फिल्म हेर्न आएका दर्शकले नाराबाजिनै गरेका हुन्।

चलचित्र हेर्न हलमा पुगेका दर्शकहरु उत्साहित बनेका देखिन्थे । उनीहरुले चलचित्र राम्रो बनेको संक्षिप्त प्रतिक्रिया दिएका छन्। दर्शकहरुले अनुरागको लागि ‘शो’ हरु अझै बढाउनुपर्ने माग गरेका हुन्।

सांगीतिक प्रेमकथा बताइएको ‘अनुराग’ शुक्रबार रिलिज भएको हो। पत्रकार ऋषि धमलाले निर्माण गरेको फिल्ममा उनकी श्रीमति एलिजा गौतम र नायक समुन्द्र पण्डितको शीर्ष भूमिका छ। एलिजा र समुन्द्रले यही फिल्मबाट अभिनयमा ‘डेब्यु’ गरेका हुन्।

निर्देशक सत्यराज चौलागाईको पनि ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतको पनि अभिनय छ। सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्ममा भरत गौतम र गीता भेटवाल निर्माता छन्।

(भिडियो)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *