मन्त्री लम्साल भन्छन्, ‘वन व्यवस्थापनसम्बन्धी नीति चाँडै लागू गर्छौं

डिसी नेपाल
१३ असोज २०७५ १६:२०

नवलपरासी। गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले वन व्यवस्थापनसम्बन्धी नीति निर्माण गरी चाँडै लागू गर्ने बताएका छन्।

पूर्वी नवलपरासीको कावासोती–२ स्थित नवदुर्गा सामुदायिक वनको आज अवलोकन गर्दै मन्त्री लम्सालले हरेक सामुदायिक वनसहित राष्ट्रिय वनलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्नुपर्ने बताए।

अझै पनि काठ विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहँदै आएको बताउँदै मन्त्री लम्सालले वनलाई व्यवस्थित गर्न सकेमा नेपाल काठमा आत्मनिर्भर रही विदेशमा समेत निर्यात गर्न सक्षम हुने बताए।

प्रदेशसभा सदस्य रोशनबहादुर गाहाले उपभोक्ताको पहलमा नै वन संरक्षण गर्न सकिने भएकाले भावी सन्ततिका लागिसमेत वन संरक्षण आवश्यक भएको बताए। नवदुर्गा सामुदायिक उपभोक्ता समितिका सदस्यले वनबाटै काठको सहज आपूर्ति भएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *