आरडिटी पोजेटिभ देखिएकाको पिसिआर रिपोर्ट नेगेटिभ
प्युठान । प्युठान नगरपालिका–२ मा ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) रिपोर्ट पोजेटिभ देखिएका दुई जनासहित ३९ जनाको स्वाब परीक्षण रिपोर्ट (पिसिआर) नेगेटिभ आएको छ ।
यही वैशाख १६ गते काठमाडौँबाट आएका २१ वर्षीय र म्याग्दीबाट आएका ४३ वर्षीय पुरुषसहितको आरडिटी गर्दा पोजेटिभ देखिएको हो ।पोजेटिभ देखिएका उनीहरुसहितको स्वाब संकलन गरी आइतबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएकामा आज नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment