कोरोना संक्रमित भेटिएपछि मैतिदेवी सिल
काठमाडौं । काठमाडौं महानगरपालिका ३० अन्तर्गत पर्ने मैतिदेवी क्षेत्रमा कोरोनाका संक्रमित देखिएपछि सिल गरिएको छ । गते वैशाख ३० गते रामेछापबाट आएका दाजूभाइको पीसीआर परीक्षण गराउँदा एक जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
वडा नं. ३० का वडाअध्यक्ष दलबहादुर कार्किले भने, ‘मैतिदेवी मन्दीर र घट्टेकुलो चोकको प्रहरी बिटबाट उत्तरपूर्वको ५० मिटरको क्षेत्रलाई सिल गरिएको हो।’
उनले भने, ‘गत वैशाख ३० गते रामेछापबाट काठमाडौं आएका दाजूभाइको पिसीआर परीक्षण गर्दा १ जनामा कोरोनको संक्रमण पोजेटिभ देखिएको थियो, उहाँहरु बस्ने घर लगाएत वरपरका सबै घरलाई सिल गरिएको छ। अब अन्यको पनि परीक्षणको तयारी भइरहेको छ।’
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment