कविता – “के परदेशी नेपाली नै हैन”
कविता
के परदेशी नेपाली नै हैन ?
मर्छु कि त ठेगान छैन, क़हर काट्छु अरब
कोरोनाको अन्त्य गर्न, आउला सरकार खरब ।
अस्पताल त कहाँ देख्नु, खाने गासनी छैन
परदेशीने हामी ग़रीब, के नेपाली हैन।
दुतावासको फोन नै बन्द, कसलाई लाई आफ्नो मानौं
के गरेको कोरोनाले, हामी के नै जानौं ।
भोंक भोकै छु अरब खाड़ी, रुममा चामल छैन
परदेशीने हामी गरीब, के नेपाली हैन।
पल्लो साथि भोकै सुत्यो, आज गास नि छैन
साहुले दिनने दुई चार हजार, महन्गीले रैन ।
घरमा बुढा बाबा आमा, भित्रै बन्द छन् रे
धनिमानि लुटीराछन्, यही नेपाली पन रे ।
अरब तिर गाउँले भाईलाई, कोरोनाले खायो
पैसा नभई रोई कराई, धाउनु सम्म धायो ।
आखिर आफ्नो को हुन्छ र, मरभुमिको खाड़ी
भन सरकार हामी बोक्न, कहीले आउँला गाड़ी ।
भोंको पेटको पिडापनि, सुन्छस् कि त सत्ता
औषधी को ठेगान छैन, लाग्यो कि त पत्ता ।
आधा पेट नि पुग्दैन खै, अब गास नि छैन
भन सरकार हामी गरीब, के नेपाली हैन ।
आकाश को त्यो गाड़ी हेरी, पानी खाँदै बस्यौ
कठै बरा गरीब हामी, कुन कुनामा फस्यौं ।
मरे पनि डोजर ल्याउँदै, गाड्छ सरकार सुन
कहिले आउला हामी गरीब, नेपाल आउने दीन ।
भोक भोकै नमार भो, पठाई देउ न गाड़ी
जे जे भन्छौ त्यो त्यो मान्छौ, छाम बरु नाड़ी ।
अति भयो मर्छौ सरकार, आधा गास नि छैन
भन सरकार, के परदेशी नेपाली नै हैन
नेपाली नै हैन ।।

सुशिल ओझा गोदावरि नगरपालिका
अत्तरिया, कैलाली
No ads found for this position

डिसी नेपाल
Facebook Comment