पुलिसले सेक्स डललाई युवतीको लाश सम्झियो, ‘क्राइम सिन’ सील गरेर ४ घण्टा अनुसन्धान !

डिसी नेपाल
१० जेठ २०७७ १०:२०

काठमाडौं। राजमार्गको छेउमा एक युवतीको लाश कपडाले बेरेको अवस्थामा फालिएको सूचना पुलिसकहाँ आइपुग्यो । पुलिस घटनास्थल पुग्यो । ‘क्राइम सिन’ सील गरेर अनुसन्धान सुरु भयो । ४ घण्टापछि बल्ल पुलिसले थाहा पायो, जसलाई उनीहरुले युवतीको लाश सम्झेर यति समयसम्म अनुन्धान गरिरहेका थिए त्यो युवतीको लाश नभइ एक सेक्स डल थियो ।

अस्ट्रेलियाको क्विन्सल्याण्ड पुलिसलाई कसैले ब्लांकेटमा बेरेर एक युवतीको शव राजमार्गको छेउमा फ्याँकिएको भन्दै सूचना दिएको थियो । अघिल्लो शुक्रबार बिहान ७ बजे आएको सूचनामा म्याकेको ब्रुस हाइवेको छेउमा लाश फयाँकिएको भनिएको थियो जुन ठाउँ ब्रिस्बेनबाट १० घण्टाको दूरीमा उत्तरतर्फ पर्छ ।

घटनास्थलमा पुलिस पुग्नासाथ ‘क्राइम सिन’ सील गरियो । अनुसन्धानकर्ताहरुले आसपासका झाडीहरुमा प्रमाणहरुको खोजी गरे । घण्टौं पछि मात्र खुलासा भयो – त्यहाँ कुनै ठूलो अपराध भएकै थिएन । बोवेन पुलिसका सिनियर सार्जेन्ट क्रेग शेफर्डका अनुसार त्यो फ्याँकिएको वस्तु कुनै युवतीको शव नभइ सेक्स डल हो भन्ने पत्ता लगाउन यति धेरै समय लाग्नुको कारण आफूहरुसँग सुरुमै यस्तो काममा उपयोग हुने उपकरण उपलब्ध नहुनु हो ।

‘किनकि त्यो जसरी कपडाले बेरिएको थियो त्यसलाई म्याके र टाउन्सभिलेबाट उपयुक्त उपकरण नआउँदासम्म चलाउन सकिने अवस्था थिएन किनकि प्रमाण नष्ट हुन सक्थ्यो । ती दुई ठाउँ धेरै टाढा छन् जहाँबाट उपकरण आउन घण्टौं लाग्यो’ शेफर्डले टाउन्सभिले बुलेटिनसँग भने ‘मानिसहरुले बुझ्नुपर्छ कि सेक्स डलहरु जीवित मानिनस्तै डिजाइन गरिएका हुन्छन् । उनीहरुको तौल पनि हुन्छ र सिलिकनबाट बनाइएका हुन्छन् जो मानव शरीरजस्तै हुन्छ ।’ फरेन्सिक विशेषज्ञहरुले बेरिएको कपडा नहटाउँदासम्म यो के हो भन्ने थाहा पाउन असम्भव भएको शेफर्डले बताए । अनुसन्धानकर्ताहरुले अब किन र कसरी त्यो सेक्स डल त्यहाँ फ्याँकियो भन्ने अनुसन्धान गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *