विवाह गर्ने सुरसार छैन : श्रृङ्खला खतिवडा

डिसी नेपाल
१० जेठ २०७७ २१:४४

काठमाडौं । ‘मिस नेपाल वल्र्ड २०१८’ श्रृङ्खला खतिवडाले तत्कालै विवाह गर्ने सोच नभएको बताएकी छन्। डिसी नेपालसँग विशेष अन्तर्वाता दिँदै उनले आफुले तत्कालै विवाह नगर्ने बताएकी हुन् ।

डिसी नेपालसँगको कुराकानीमा उनले भनिन्, ‘अहिले नै विवाह त नगर्ने, पहिला करिअर बनाउने तयारीमा छु, ‘मास्टर्स’ पढ्ने सोचमा छु।’

विवाहको बारेमा सबै परिवारले आफ्ना बालबालिकालाई सल्लाह दिनु पर्ने उनले बताइन्। उनले भनिन्, ‘विवाहका सम्बन्धमा अभिभावकले सल्लाह दिनु पर्छ । यो आवश्यक कुरा हो तर, दवाव दिनु हुन्छ।’

आफ्नो परिवारबाट भने कुनै पनि दवाव नआएको उनले जिकिर गरिन्। खतिवडाले भनिन्, ‘मलाई त कुनै पनि दवाव छैन। म सबैको परिवारमा मेरो जस्तै हरेक कुरामा आत्मनिर्णयको वातावरण होस भन्ने चाहान्छु।’

विवाह उमेरले गर्ने भन्दा पनि मनोभावनाले हुनुपर्नेमा खतिवडाको जोड छ। ‘म विवाहको लागि योग्य भएँ भन्ने आत्मविश्वास आएपछि विवाह गर्दा हुन्छ।’ उनले भनिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *