बलिउड अभिनेता किरण कुमार कोरोना संक्रमित
काठमाडौँ । बलिउडका चर्चित अभिनेता किरण कुमार कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएका छन्।
सामान्य चेकजाँचका लागि अस्पताल जाँदा आफुलाई कोरोना भाइरस पोजेटिभ देखिएको कुमारलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
कोरोना संक्रमण देखिएपछि उनी अलिहे घरभित्र क्वारेन्टाइनमा राखेका छन्। उनमा कुनै लक्षण नदेखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यसबारे एक सूचना जारी गर्दै किरण कुमारले भने, ‘म एउटा सानो परीक्षणका लागि अस्पताल जाँदा कोरोनाभाइरसबाट संक्रमित भएको थाहा भयो । मलाई लाग्छ कि आफ्नो तर्फबाट सावधानी अपनाउँदै उहाँहरुले सुरुवातमा नै कोभिड–१९ को परीक्षण गर्नुभयो । यसमा मलाई पोजेटिभ भएको पत्ता लाग्यो ।’
कुमारले आफूलाई कोरोना भाइरसका कुनै पनि लक्षण भने नदेखिएको बताएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment