कतारमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो

डिसी नेपाल
१५ जेठ २०७७ २०:२६

काठमाडौँ ।। खाडीमुलुक कतारमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ । बिहीबार १ हजार ९ सय ६७ नयाँ केस थपिएसँगै संक्रमितको संख्या ५० हजार ९ सय १४ पुगेको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ५३ जनाको परीक्षण गरिएको थियो ।

बिहीबार मात्रै २ हजार १ सय १६ जनाले उपचारपछि स्वास्थयलाभ गरेका छन् । योसँगै कतारमा उपचारपछि निको हुनेको संख्या १५ हजार ३ सय ९९ पुगेको छ ।

मन्त्रालयका अनुसार कतारमा अहिले ३५ हजार ४ सय ८२ वटा ‘एक्टिभ’ केस रहेका छन् । तीमध्ये गम्भिर अवस्थामा रहेका २ सय १४ जनाको विशेष उपचार भैरहेको छ ।

कतारमा संक्रमितको संख्या उच्च रहेपनि मृत्युदर भने न्युन छ । हालसम्म कतारमा ३३ जनाले मात्रै कोरोना भाइरसको कारण ज्यान गुमाएका छन् । बिहीबार मात्रै ३ जनाले ज्यान गुमाएका थिए ।

मन्त्रालयले अहिलेसम्म २ लाख ७ हजार ३ जनामा कोरोनाको परीक्षण गरिएको जनाएको छन् ।

दोहास्थित नेपाली राजदूतावासका अनुसार कतारमा अहिले ३ लाख ५१ हजार ८ सय ७२ जना नेपालीले रोजगारी गर्दै आएका छन् । तर, कतारमा सरकारी तथ्याङक भन्दाबढि करिब ४ लाख नेपाली रहेको अनुमान छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । तसर्थ त्यहाँ रहेको नेपाली दूतावाससँग कोरोना संक्रमित नेपालीको कुनै तथ्याङक छैन ।

केहीदिन अघि कतारमा ७ हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट संक्रमित भएको तथ्यांक बाहिर आएको थियो । कतारको सरुवा रोग निवारण विभागको तथ्याङकलाई श्रोत उल्लेख गर्दै ७ हजारको हाराहारीमा नेपाली संक्रमित भएको एनआरएनएले जनाएको थियो ।

कतारको सम्बिन्धत निकायले आधिकारिक रुपमा पुष्टि नगरेकोले यो तथ्याङक अपुष्ट मानिएको हो । कतारमा संक्रमण बढिरहेकोले पछिल्ला दिनहरुमा संक्रमित नेपालीहरुको संख्या पनि बढेको अनुमान गरिएको छ ।

तर, कतारको सम्बिन्धत निकायले यस विषयमा आफूलाई केही जानकारी नगराएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार ठ्याक्कै भन्न नसकिए पनि नेपालीहरु संक्रमित भने भएका छन् ।

कतारमा कोरोनाका कारण मृत्यु हुनेमा १ जना नेपाली नागरिक समेत रहेका छन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *