साउदी अरबमा साढे ५४ हजारभन्दा बढीले जीते कोरोना

डिसी नेपाल
१५ जेठ २०७७ २०:५८

काठमाडौँ । खाडीमुलुक साउदी अरबमा साढे ५४ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । बिहीबारसम्म ५४ हजार ५ सय ५३ जना कोरोना संक्रमित बिरामी उपचारपछि निको भएको साउदी अरबको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साउदीमा हालसम्म ८० हजार १ सय ८५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । तीमध्ये ४ सय ४१ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार साउदीमा अहिले २५ हजार १ सय ९१ वटा ‘एक्टिभ’ केस रहेका छन् । तीमध्ये गम्भिर अवस्थामा रहेका ३ सय ८४ जनाको विशेष उपचार भैरहेको छ ।

साउदीमा थुप्रै नेपालीहरु रोजगारीका लागि पुगेका छन् । साउदी अरबको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले अघिल्लो हप्ता रियादस्थित नेपाली दूतावासलाई दिएको जानकारी अनुसार १७ महिलासहित १३ सय ६४ जना नेपालीलाई कोरोनाको संक्रमण पुष्टि भएको थियो । दूतावासका अनुसार त्यो बेलासम्म साउदीमा कोरोना भाइरसकै कारण ७ नेपालीको मृत्यु समेत भएको थियो । संक्रमितमध्ये कतिपय नेपाली निको भएर काममा समेत फर्किसकेको दूतावासले जनाएको थियो । तर, निको हुने नेपालीको संख्या भने खुलाइएको थिएन् ।

त्यसपछि संक्रमित नेपालीको बारेमा कुनै तथ्याङक सार्वजनिक भएको छैन । साउदीमा संक्रमण बढिरहेकोले पछिल्ला दिनहरुमा संक्रमित नेपालीहरुको संख्या पनि बढेको अनुमान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *