जापानबाट नेपाल फर्कन चाहने नेपालीलाई विवरण बुझाउन दूतावासको अनुरोध

डिसी नेपाल
१७ जेठ २०७७ १०:५९

टोकियो ।  जापानबाट नेपाल फर्कन चाहने नेपालीलाई आफ्नो विवरण उपलब्ध गराइदिन टोकियोस्थित नेपाली दूतावासले अनुरोध गरेको छ ।

शनिबार दूतावासले एक सूचना निकाल्दै कोरोनाका कारण तत्काल नेपाल फर्किनुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई प्राथमिकताको आधारमा स्वदेश फकाउने तयारी गरिएको जनाउँदै आफ्नो विवरण बुझाउन अनुरोध गरेको हो ।

दूतावासकाअनुसार यसरी स्वदेश फर्कन चाहाने नेपालीले हवाई उडान, होटल क्वारेन्टिन, विमानस्थलदेखि क्वारेन्टिनस्थलसम्म जाने यातायात लगायतका सम्पूर्ण खर्च व्यक्ति स्वयंले ब्यहोर्नु पर्नेछ । त्यस्तै स्वदेश फर्कनुअघि अनिवार्य रुपमा आफूमा कोरोनाको संक्रमण नभएको पीसीआर टेष्टको रिपोर्ट दूतावासमा बुझाउनुपर्नेछ ।

यसरी तत्काल नेपाल फर्कनुपर्ने बाध्यतामा रहेका नेपालीले राजदूतावासको वेभसाइटमा उपलब्ध गराइएको फारम भरेर जानकारी गराउन अनुरोध गरिएको छ । विवरण ५ जुन सम्ममा राजदूतावासमा उपलब्ध गराउन भनिएको छ।

यसरी फर्कनेहरुले अनिवार्य रूपमा १४ दिनसम्म स्थानीय तहको क्वारेन्टिन वा स्थानीय प्रशासनले व्यवस्था गरेको होटल क्वारेन्टिनमा बस्नु पर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *